काठमाडौं- स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई कर्खास्त गर्ने सरकारको निर्णयबिरुद्द सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ।
डा दामोदर बसौलाको रिटमा सर्वोच्चका न्यायाधिस टेकप्रसाद ढुंगानाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा अल्पकालिन अन्तरिम आदश दिएको हो। साथै अन्तरिम अदेशका लागि छलफलमा बोलाइएको छ।
सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई माघ ९ गते वर्खास्त गर्ने निर्णय गरेको थियो। सरकारले यसअघि उनलाई तीन महिनाका लागि निलम्बन गरेको थियो। उनले त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले निलम्बन रोकेको थियो।