काठमाडौं- स्वास्थ्य मन्त्रालयले राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको निर्देशक परिवर्तन गरेको छ। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रिस्तरीय निर्णय गर्दै केन्द्रको निर्देशक परिवर्तन गरेका हुन्।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले दिएको जानकारी अनुसार केन्द्रको निर्देशकमा हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख केशव पण्डितलाई ल्याइएको छ। केन्द्रका निर्देशक रहेका सुनिल शर्मालाई किटजन्य रोग अनुसन्धान तालीम केन्द्रमा पठाइएको छ।
मन्त्रालयले माघ २१ गतेको निर्णय अनुसार दुई जना प्रमुखको जिम्मेवारी हेरफेर गरेको हो।
यसैगरी, मन्त्रालयले मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवणकुमार मिश्रको काज फिर्ता गरेको छ। एघारौँ तहको मिश्रको काज फिर्ता पछि उनी आफ्नो दरबन्दी रहेको कोशी अस्पताल फर्किने भएका छन्।