काठमाडौं- सरकारसमक्ष प्रदेश तहका अस्पताल र स्थानीय तहले आमा सुरक्षा कार्यक्रमको लागि छुट्याएको बजेट अपुग भएको गुनासो गरेका छन्।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले आमा सुरक्षा कार्यक्रमका लागि छुट्याइएको रकम अपुग भएका प्रदेशका केही अस्पताल र स्थानीय तहले बजेट माग गरेका बताए। उनले आमा सुरक्षा कार्यक्रमा लागि माग गरिएको रकम निकासा दिइने जानकारी दिए।
आमा सुरक्षा कार्यक्रमअन्तर्गत प्रदेशतर्फ अस्पताल र स्थानीय तहमा आमा सुरक्षा कार्यक्रमअन्तर्गत मातृ तथा नवशिशु कार्यक्रम, गर्भवति उत्प्रेरणा सेवा, रक्तसञ्चार, न्यानो झोला, निःशुल्क, गर्भपतन र नवजात शिशुको निःशुल्क उपचार कार्यक्रममा सञ्चालित रहेका छन्।
उनले प्रदेश तर्फका अस्पतालले आमा सुरक्षा कार्यक्रमका लागि थप रकम आवश्यक पर्ने भए प्रदेश स्वास्थ्य निर्देशनालय र स्थानीय तहले परिवार कल्याण महाशाखामा माग गर्न आग्रह गरे। रासस