नेपालगञ्ज- शहरी स्वास्थ्य केन्द्र २ नेपालगञ्जले बृहत पोषणसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। शरीरलाई स्वस्थ राख्न, बृद्धि विकास गर्न तथा शक्ति प्रदान गर्न आवश्यक पर्ने पोषक तत्वहरुको आवश्यकता तथा दैनिक खाने आहार बीचको सन्तुलनलाई नै पोषण भनिन्छ। पोषण विभिन्न खानाहरुको समूह जस्तै अन्न जन्य स्रोतबाट, गेडागुडीबाट, हरियो सागपात तथा फलफुलबाट र पशुपंक्षी जन्य स्रोतबाट प्राप्त गर्न सकिन्छ।
विभिन्न कारणहरुले हाम्रो शरीरलाई एक वा धेरै पोषकतत्वहरुको न्यून वा अधिक हुन गई शरीरको एउटा असामान्य अवस्थालाई कुपोषण भनिन्छ। कम तौलको बच्चा जन्मनु, संक्रमण हुनु, आमाले बच्चालाई ६ महिना सम्म पूर्णस्तनपान नगराउनु आदि कारणहरुले बालबालिकाहरुमा कुपोषण हुने गर्छ।
विश्व पोषण प्रतिवेदन २०१६, अनुसार आज हामीले आÏनो बालबालिकाहरुमा १ रुपैया लगानि ग¥यो भने त्यसले भविश्यमा १६ रुपैया बराबरको प्रतिफल प्राप्त हुन्छ। बालबालिकाको ८०∞ वौद्धिक विकास आमाको गर्भमा आएदेखि २ वर्ष भित्र हुन्छ जसलाई सुनौलो हजार दिन भनिन्छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार गर्भावस्थामा ३०∞, जन्मेको १ वर्ष भित्र २५∞, २ वर्ष भित्र २५∞, ५ वर्ष भित्र १०∞ र ५ वर्ष पछि १०∞ वौद्धिक विकास हुने गर्छ।
नेपालको लागि दिगो विकासको लक्ष्य अनुसार पा“च वर्ष मुनिका बालबालिकामा हुने पुड्कोपनलाई सन् २०३० को अन्त्यमा १५ प्रतिशतमा झार्ने, ख्याउटेपनलाई घटाएर ५ प्रतिशत भन्दा कममा झार्ने, रक्तअल्पतालाई १० प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ भने प्रजनन् उमेरका महिलाहरुमा हुने रक्तअल्पता सम्बन्धी समस्यालाई १० प्रतिशतमा झार्ने रहेको छ। यो लक्ष्यलाई प्राप्त गर्न नेपालले अझै धेरै नै मेहनत गर्नुपर्ने नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ को तथ्याङ्कले देखाउँछ।
सो तथ्याङ्क अनुसार नेपालका पा“च वर्षमुनिका बालबालकिाहरु मध्ये २५ प्रतिशतलाई पुड्कोपन, १९ प्रतिशतलाई कम तौल तथा ८ प्रतिशतलाई ख्याउटेपनको समस्या रहेको छ। सोही तथ्याङ्क अनुसार प्रजनन् उमेरका महिलाहरुमा हुने रक्तअल्पताको समस्या नेपालमा अहिले पनि ३४ प्रतिशत रहेको छ।
माथि उल्लेखित सबै तथ्याङ्कहरु तथा सन् २०३० को नेपालको लागि दिगो विकासको लक्ष्य सहित आÏनो स्वास्थ्य संस्थाको तथ्याङ्कहरुलाई स्वास्थ्य संस्था रहेको वडाको वडा अध्यक्षलाई बुझाएर वडा कार्यालायको सहयोगबाट हाम्रो शहरी स्वास्थ्य केन्द्र २ नेपालगंज बा“केको टिमले आÏनो वडामा रहेका २ बर्ष मुनिका बच्चाहरुका आमाहरुलाई बृहत पोषणसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम संचालन यही माघ २५ र २६ गते सहभागीहरुको सकृय सहभागीता बाट सफलतापूर्वक सम्पन्न गर्यो। सो कार्यक्रमलाई शहरी स्वास्थ्य केन्द्र २ नेपालगंज बा“केले आयोजना तथा सोही वडाको वडा कार्यालयले आर्थिक सहयोग गरेको थियो।
कार्यक्रमको सहजीकरण सोही शहरी स्वास्थ्य केन्द्र २ का स्वास्थ्य संस्था प्रमुख आइतवारी चौधरी, हेल्थ असिस्टेन्ट अनिष अहमद मनिहार तथा अ.न.मी. रिता शाहीले गरेका थिए। कार्याक्रमको समापनमा आÏनो मन्तव्य व्यक्त गर्दै वडाका महिला सदस्य तथा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष गीता देवि राणाले कार्याक्रम धेरै राम्रो भएको र सो कार्याक्रममा आफुले सिकेका ज्ञानगुनका कुराहरु आÏनो घरवरिपरि रहेका अन्य दिदिबहिनीहरुलाई पनि सिकाउन सहभागीहरुलाई अनुरोध गरे।
सोही कार्याक्रमको समापनमा आÏनो मन्तव्य व्यक्त गर्दै वडा अध्यक्ष तथा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार श्रेष्ठले कार्याक्रम धेरै राम्रो रहेको र आगामी दिनहरुमा पनि स्वास्थ्य संस्थालाई यस्तै अन्य कार्याक्रमहरु संचालन गर्न आफू सदैव तयार रहेको प्रतिवद्धता गरेको जनस्वास्थ्य निरीक्षक आइतवारी चौधरीले बताइन्।