काठमाडौं- जनस्वास्थ्य संघ केन्द्रीय तथा प्रादेशिक कार्यसमितिको निर्वाचन आगामी वैशाखमा हुने भएको छ।
केन्द्रीय समितिको बैठकको निर्णय अनुसार नेपाल जनस्वास्थ्य संघ केन्द्रीय तथा प्रादेशिक कार्यसमितिको आगामी निर्वाचन २०८१ वैशाख ८ गते निर्धारण गरिएको अध्यक्ष वसन्त अधिकारीले जानकारी दिए।
उक्त निर्वाचनमा सहभागी हुन चाहने जनस्वास्थ्यकर्मीहरुले आजीवन वा साधारण सदस्यता लिन तथा साधारण सदस्यता नविकरण २०८० फाल्गुन मसान्तसम्म गर्नुपर्नेछ।