काठमाडौं- वात्सल्य नेचुरल आईभीएफले आफ्नो ब्राण्ड ऐम्बेस्डरको रुपमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र उनीहरुकी सुपुत्री आयांकालाई संयुक्त रुपमा नियुक्त गरेको छ।
वात्सल्यको नारायणचौर स्थित क्लिनिक मै भएको एक कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता बमोजिम प्रियंका कार्की, आयुष्मान देशराज र आयांकाले नि:सन्तानसँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहनेछन्।
वात्सल्य क्लिनिकका संस्थापक/प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले ब्राण्ड एम्बेस्डरको रुपमा तीनै जनालाई संयुक्त रुपमा लिन पाउँदा खुसी व्यक्त गर्दै नि:सन्तान सम्बन्धी प्रभावकारी रुपमा जागरुकता फैलाउन सक्नेमा आफू आशावादी रहेको बताएका छन्। अभिनेत्री कार्की आफ्नो खुला सोच/धारणाका कारण धेरै महिलाहरुको लागि अनुकरणीय बनेको र स्पष्ट वक्ता भएको कारण उनको प्रभाव नयाँ पुस्तामा गहिरो रहेको सुवेदीले जनाएका छन्।
यस्तै बदलिँदो जीवनशैली र खानपानले गर्दा सन्तान प्राप्तिको चुनौती थपिँदै गएको अवस्थामा यस सम्बन्धी सचेतना फैलाउने र सन्तान नहुनुमा आफू वा आफ्नो जीवनसाथीलाई दोषी ठान्नुभन्दा उपचार गराउनु जाती हुन्छ भन्ने सकारात्मक सन्देश फैलाउने भूमिका पाउँदा आफूहरु उत्साहित रहेको अभिनेत्री कार्कीले बताइन्।
यस्तै आफ्नो परिवार पूर्ण बनाउन आधुनिक आइभिएफ उपचारको निर्णय जटिल रहेको तर बुझ्दै जाँदा यो प्रविधि लाभकारी रहेको आफूहरुले थाहा पाएको कारण यस सम्बन्धि आफूले बुझेको तथ्य प्रभावकारी रुपमा सबैमा राख्दै जाने अभिनेता जोशीले बताए।
वात्सल्य आईभीएफले आईभीएफका साथै आईयूआई, ओभुलेसन इन्डक्सन, फर्टिलिटि फ्रिजिंग, प्रसूतिपूर्वको सम्पूर्ण जाँच जस्ता प्रजनन् सम्बन्धी विभिन्न आधुनिक सेवा प्रदान गर्छ।