काठमाडौं- प्राडा कृष्णप्रसाद डा पौडेल सारस्वत रत्न पुरस्कारबाट सम्मानित भएका छन्। उनको कृति लय छुटेको समयका लागि यो पुरस्कार दिइएको हो।
रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले शनिबार एक कार्यक्रमबीच डाक्टर पौडेललाई संयुक्तरूपमा दोसल्ला ओढाएर सम्मानपत्र र नगदसहित यो पुरस्कार उपलब्ध गराएका हुन्। पुरस्कार अर्पण समारोहमा सम्मानित स्रस्टा पौडेलका मातापिता कपिलामणि पौडेल र तुलसी पौडेल पनि सहभागी थिए।
रत्ननगर नगरपालिकाबाट प्रकाशित सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने सारस्वत रत्न पुरस्कार २०८० यो वर्ष डाक्टर पौडेलद्वारा लिखित ञलय छुटेको समयझलाई प्रदान गरिएको हो । प्रतिष्ठानले रत्ननगर नगरपालिकाका स्रस्टाले सिर्जना गरेका तथा प्रकाशन गरेका कृतिलाई पुरस्कार दिइने योजना अनुसार कृति आह्वान गरेको थियो । प्राप्त भएका कृतिमध्ये पौडेलको उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय पुरस्कार निर्णायक समितिले गत पुस महिनामा गरेको थियो। पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र छ।
डाक्टर पौडेल अर्थोपेडिक विषयका प्राध्यापक हुन्। अर्थोपेडिक र स्पाइनल सर्जन उनी भरतपुर अस्पतालमा कार्यरत छन्। उनी सोही अस्पतालमा दुईपटकसम्म मेडिकल सुपरिटेन्डेन्ट भैसकेका छन्।