काठमाडौं- राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच पोष्ट क्र्यास रेस्पोन्स एन्ड केयर सर्भिस मोडेलको समझदारी पत्रमा सम्झौता भएको छ।
नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालय अन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच पोष्ट क्र्यास रेस्पोन्स एन्ड केयर सर्भिस मोडेलको समझदारी पत्रमा हस्ताक्षर भएको हो।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितीमा नेपाल सरकारको भौतिक योजना तथा यातायात मन्त्रालयका सह–सचिव एवं राष्ट्रिय सडक सुरक्षा परिषद्का सदस्य सचिव कृष्णराज पन्त र सशस्त्र प्रहरी बल नेपालको तर्फबाट नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा. रुपक महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे।
प्रोजेक्ट संचालन पश्चात नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा दुर्घटनामा परेकाहरुको उद्वार, घाईतेहरुको उपचार स्थलगतमै तुरुन्तै हुने, अनाश्यक मृत्यु र अंगभंगमा समेत उल्लेख्य कमी आउने र स्थानीय सबै स्वास्थ्य संस्थाहरुमा ट्रमा सम्बन्धि तालिम एवं मेडिकल सामाग्री तथा उपकरणहरु समेत थप हुनेछ।