काठमाडौं- वरिष्ठ रेडियोलोजिष्ट डा आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) मामनोनित भएका छन्।
प्रतिष्ठान सभाको गत माघ १४ गते बसेको बाह्रौ बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा७ उप–दफा (२) (न) मा व्यवस्था भए बमोजिम तीन बर्षका लागि प्रतिष्ठान सभा सदस्यमा मनोनित गरेको हो।
अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हासिल गरी चकित्सा क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव संगालेका डा श्रेष्ठ नेपाली चिकित्सा क्षेत्रमा रेडियोलोजी विधालाई स्थापित गराउने अग्रणी चिकित्सक हुन्।
नेपाल सरकारको उच्च शिक्षा प्राविधिक समितिकापूर्व सदस्य समेत रहीसकेका डा श्रेष्ठ नेपाल मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष तथा नेपाल चिकित्सक संघको पूर्व अध्यक्ष समेत हुन्।