काठमाडौं- नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई लक्षित गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उर्मिला नेपाल केसीको संयोजकत्वमा स्वास्थ्य समन्वय उपसमिति गठन गरेको छ।
उपसमितिको सदस्यहरुमा प्रजातन्त्रवादी चिकित्सक संघका अध्यक्ष डा अनिलबिक्रम कार्की, नेपाल लोकतान्त्रिक आर्युवेद चिकित्सक संघका अध्यक्ष डा वंशदीप शर्मा खरेल, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे रहेका छन्।
स्वास्थ्य समन्वय उपसमितिमा डा अबुल हुसेन अन्सारी, डा बिक्रान्त बस्नेत, धनप्रसाद पौडेल, दिपक मुडवरी र डा सञ्जिवकुमार यादव सदस्य मनोनित भएका छन्।