धनगढी- धनगढीसहित देशभरी अन्तर्राष्ट्रिय कण्डम दिवस विविध कार्यक्रम गरि मनाइएको छ। स्वास्थ्य कार्यालय कैलाली, एड्स हेल्थ केयर फाउण्डेशन, राष्ट्रिय एचआइभी तथा एड्स महासंघ र अन्य साझेदार निकायहरुले विविध जनचेतनामुलक कार्यक्रम गरि दिवस मनाएका हुन्।
कण्डमको प्रयोगलाई बढावा दिँदै एचआइभी एड्स जस्ता संक्रमण कम गराउने उद्धेश्यले दिवस मनाउन थालिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोस श्रेष्ठले बताए।
दिवसको अवसरमा साझेदारी संस्थाको आयोजनामा धनगढीको ट्राफिक चौराहदेखि राजपुरसम्म साइकलिङ्, चौराहमा कण्डमसम्बन्धी सडक नाटक प्रस्तुत गरिनुका साथै निशूल्क कण्डमहरु वितरण गरि दिवस मनाइएको छ।