काठमाडौं- निपोनको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाइएको छ। औषधि व्यवस्था विभागले विराटनगरको निपोन फार्मास्युटिकल्सबाट उत्पादित एक ब्याचको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको छ।
विभागले निपोन फार्मास्युटिकल्सबाट उत्पादित इभोरिन सिरप नामको औषधिको ब्याच नम्बर बीएलईएन ००१ को नमूना राष्ट्रिय औषधि प्रयोगशालामा लगेर परीक्षण गर्दा औषधिको मापदण्ड अनुसार नपाइएको भन्दै विक्रीमा रोक लगाइएको हो।
विभागले अर्को आदेश नभएसम्म उक्त औषधि बिक्री वितरण नगर्न सूचित गरेको छ। उत्पादक निपोन कम्पनीलाई १५ दिनभित्र लिकेज परीक्षणको विस्तृत रिपोर्ट बुझाउन पनि विभागले निर्देशन दिएको छ।