काठमाडौं - काठमाडौं क्यान्सर सेन्टरले बाल क्यान्सर बिरामीहरूमा आशा जगाउँदै अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाएको छ। चुनौतीपूर्ण यात्राको सामना गरिरहेका साहसी बालबालिकाहरूका लागि आशाको वातावरण बनाउन अस्पतालमा विशेष कार्यक्रम गरेको हो।
विशेष समारोहमा अस्पतालका कर्मचारी, परिवार र चिकित्सकहरू बाल क्यान्सर बिरामी तथा सर्भाइवरहरू शक्तिलाई सम्मान गर्न भेला भएका हुन्। उपचार गराइरहेका बालबालिकाको दृढ संकल्प र भावनालाई मध्यनजर राख्दै उनीहरुलाई प्रेरणादायी कथाका पुस्तक र उपहार बाँडिएको छ।
अस्पतालका बाल रक्त तथा क्यान्सर रोग विशेषज्ञ, डा. ऋतु लामिछानेले हयोगका लागि कृतज्ञता व्यक्त गरेका छन्। उनलेबाल क्यान्सर बारे चेतना जगाउने तथा बालबालिकाहरूलाई उत्कृष्ट हेरचाह, समर्थन र उज्ज्वल भविष्यको आशा प्रदान गर्न एकजुट रहने कुरामा जोड दिए।
बालबालिकाहरूको बहादुरीलाई समर्पित यस दिन समुदायमा बाल क्यान्सरको जनचेतनाको भावना बढाउँदै र प्रतिकूलताको सामना गर्दा, माया, सद्भाव र एकताले बाल क्यान्सरबाट प्रभावितहरूको जीवनमा गहिरो परिवर्तन ल्याउन सक्ने सन्देश दिएको छ।