काठमाडौं- नेपाल आँखा अस्पतालको उन्नाइसौँ साधारणसभाले डा गोपालप्रसाद पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। चारवर्षे कार्यकालका लागि अस्पतालको शुक्रबार भएको साधारणभाले कार्य समिति अध्यक्षमा डा पोखरेललाई चयन गरको हो। शुक्रबार चयन भएका सदस्यहरूमध्येबाटै अन्य पदाधिकारी चुनिने छ।
नव गठिन कार्य समिति सदस्यमा कृपाशुर शेर्पा, राजाराम श्रेष्ठ, अनिलप्रसाद गोर्खाली, मेघराज गजुरेल, डा. दिपबहादुर कार्की, युद्धध्वज सापकोटा, नारायणप्रसाद न्यौपाने, प्राडा कान्ता पौडेल, भोजविक्रम थापा र किरण थापा निर्वाचित भए। उनीहरु सबै अस्पतालका आजिवन सदस्य हुन्। नेपालका पुराना नेत्र रोग विशेषज्ञ डा रामप्रसाद पोखरेल संरक्षक रहेको उक्त अस्पतालमा हाल एक सय २४ आजीवन सदस्य र एक सय ३६ जना कर्मचारी छन्।
उच्च अदालतका पूर्व न्यायाधीश एवंं निर्वाचन अधिकृत साधुराम सापकोटाले विजयी अध्यक्ष र सदस्यहरुलाई आजै प्रमाणपत्र प्रमाणपत्र प्रदान गरे। नतिजा सार्वजनिक भएसगै अध्यक्ष डा पोखरेलले अस्पतालको स्तरोन्नतिका लागि प्रण गर्दै सवै पक्षलाई विश्वासमा लिएर काम गर्ने प्रतिबद्धता जनाए। रासस