काठमाडौं- नेपाल औषधि व्यवसायी संघ ललितपुर जिल्ला शाखाको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। शाखाको अध्यक्षमा ईन्द्र वीर महर्जन निर्विरोध चयन भएका छन्।
शाखाको वरिष्ठ उपाध्यक्ष मनोज अमात्य , उपाध्यक्ष थोक राजु पन्थी , उपाध्यक्ष खुद्रा प्रदिप राज पौडेल, महासचिव सजन श्रेष्ठ , कोषाध्यक्ष सुप्रीया शाक्य , सचिव सुमेन्द्र राज प्रकाश , उप कोषाध्यक्षस् सरला खड्का सिलवाल चयन भएका छन्।
यसैगरी सदस्यहरुमा मनिष श्रेष्ठ , बिनोद बोगटी , सुदिप हमाल, बिकल राज भट्टराई , भावना बगाले क्षेत्री थापा चयन भएका छन्।