काठमाडौं- रास्वपाकी सांसद बिन्धवासिनी कंसाकारले सुरक्षा निकायले सञ्चालन गरेको अस्पतालमा जलन कक्षको सुरुवात गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
आइतबारको प्रतिनिधी सभा बैठकमा बोल्दै सांसद कंसाकारले आगलागीको दुर्घटनामा सुरक्षा निकायले सञ्चालन गरेका अस्पतालहरुमा नै जलनका बिरामीको उपचार नहुनु दुखद भएको बताएकी हुन्।
सुरक्षा प्रदान गर्न खट्ने नेपाल प्रहरी, शशस्त्र प्रहरी तथा नेपाल सेनाको अस्पतालमा जलन उपचारको सुरुवात गर्न सांसद कंसाकारले माग समेत गरेकी छन्।
यदि सुरक्षाका लागि खटिने व्यक्तिहरुले नै सुरक्षा निकाय अस्पतालमा बिरामीहरुलाई उपचारका लागि लगी उपचार सेवा प्रदान गर्न सकेको अवस्थामा धेरैको ज्यान जोगाउन उनको तर्क थियो।
'सुरक्षा निकायले सञ्चालन गरेका अस्पतालमा जलन कक्षको सुरुवात गर्न जोडदार माग गर्दछु' सांसद कंसाकारले भनिन्।