काठमाडौं- मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोग तथा भारतीय राजदूतावासको सहयोगद्वारा नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ नेपाल, फेदीखोला गाउँपालीका इकाई समिति, स्याङजामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा मणिपाल शिक्षण अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सक हरू द्वारा स्त्री तथा प्रसुति रोग बिशेषज्ञ, जनरल फिजिसियन तथा आँखा रोग बिशेषज्ञ सेवा नि:शुल्क प्रदान गरिएको थियो भने आवश्यक विरामीलाई नि:शुल्क रूपमा केहि औषधि समेत प्रदान गरिएको थियो।
बिहान ११ बजे बाट संचालन भएको उक्त शिविरमा २०० भन्दा बढि बिरामीले स्वास्थ्य लाभ लिएका थिए।
पोखराबाट वरिष्ठ चिकित्सकहरु आएर आफ्नै गाउँ घरमा विशेषज्ञ सेवा प्राप्त गरेकोमा शिविरमा आउने बिरामीले खुशी ब्यक्त गरेका थिए। मणिपाल शिक्षण अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विशेषज्ञ चिकित्सक सहितको नि:शुल्क स्वास्थ्य शिविर विभिन्न स्थानमा संचालन गर्दै आइरहेको छ।