पोखरा- स्याङ्जाको फेदीखोला गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोग तथा भारतीय राजदूतावासको सहयोगद्वारा नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ नेपाल, फेदीखोला गाउँपालीका इकाई समितिको आयोजनामा शिविर सञ्चालन भएको हो।
शिविरमा मणिपाल शिक्षण अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूले उपचार तथा परामर्श सेवा दिएका छन्। शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ, जनरल फिजिसियन तथा आँखा रोग विशेषज्ञ सेवा नि:शुल्क प्रदान गरिएको थियो भने आवश्यक बिरामीलाई नि:शुल्क रूपमा औषधि समेत प्रदान गरिएको थियो।
निशुल्क शिविरमा २०० भन्दा बढीले सेवा लिएको मणिपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।