काठमाडौं- बझाङस्थित मष्टा गाउँपालिकाले चार दिने नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा नि:शुल्क आँखा उपचार मोतिबिन्दु सम्बन्धी शिविर सञ्चालन गर्न लागेको हो।
गाउँपालिकाले भोलि मंगलबार कोटदेवल स्वास्थ्य चौकीमा, बुधबार मष्टा स्वास्थ्य चौकीमा, बिहीबार भातेखोला स्वास्थ्य चौकीमा र शुक्रबार रिलु स्वास्थ्य चौकीमा निशुल्क शिविर सञ्चालन गर्न लागेको हो।