काठमाडौं- फेडेरेसन अफ नेप्लिज डेन्टल स्टुडेन्ट्स (एफएनडीएस) ले कीर्तिपुरस्थित हिलटाउन उच्च माध्यमिक विद्यालयमा नि:शुल्क दन्त शिविर गरेको छ। एफएनडीएसले फागुन ४ गते शुक्रबार शिविर सञ्चालन गरेको हो।
शिविरमा तीन सयभन्दा बढीको दन्त परीक्षण, एक सयभन्दा बढीको सुगर जाँच र रक्चताप जाँच गरिएको एमएनडीएसका सचिव रोहित भट्टले जानकारी दिए। उनका अनुसार सामुदायिक दन्त स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो।
शिविरमा चार सयजनाभन्दा बढीको बडी मास इन्डेक्स मूल्यांकन गरीएको उनले जानकारी दिए। शिविरमा ५ देखि १० कक्षासम्मका विद्यार्थीहरूले मौखिक स्वच्छता र दन्त सचेतना सत्रहरूका साथै करियर मार्गदर्शन सत्रबाट लाभ लिएको पनि उनले बताए।