काठमाडौं- स्पार्क हेल्थ होम अस्पतालले वार्षिकोत्सवको अवसरमा आज हाडजोर्नी तथा नशा सम्बन्धी निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। रोटरी क्लब अफ त्रिपुरेश्वरसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना समेत गरेको हो।
३२ वर्ष अगाडि फागुन ११ गतेका दिन योगाशासन सुरु गर्ने लक्ष्यका साथ १ कोठाबाट स्थापना भएको स्पार्क अस्पताल हाल सुविधासम्पन्न भवनमा सञ्चालन गर्न सफल भएको स्पार्क हेल्थ होमका प्रबन्ध निर्देशक हरिशरण रिजाल बताउँछन्। हाल अस्पताल नेचियोपेथी, योगा तथा फिजियोथेरापीलाई मुख्य लक्षित गरी सञ्चालित छ।
प्रबन्ध निर्देशक हरिशरण रिजाल, मेडिकल निर्देशक डा सुनिल पौडेल, सिनिअर कन्सल्टेन्ट फिजियोथेरापिस्ट अनिलकुमार महतो, अस्पताल इन्चार्ज संगिता श्रेष्ठले रक्तदान गरेर वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेका थिए।
पहिले आउटडोर क्लिनिकका रुपमा सञ्चालित अस्पताल हाल २५ बेडको इनडोर अस्पतालका रुपमा सञ्चालन गरिएको छ। आगामी दिनमा अस्पतालले भवनका साथै बेड संख्या समेत बढाउने अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजाल बताउँछन्।
ढाड सम्बन्धी समस्या तथा प्यारालाइसिस्का समस्या भएका बिरामीको उपचार गन्तव्यका रुपमा स्पार्क हेल्थ होम रहँदै आएको उनको दाबी छ। आफूले दिएको सेवामा बिरामीहरु सन्तुष्टी प्रदान गर्न सकिएको उनको जिकिर छ।
२५ बेड क्षमता भएको अस्पतालमा दैनिक १८, २० जना बिरामीले भर्ना भएर उपचार दिने गर्छन् भने १०० बिरामीहरु उपचारका लागि आउने गरेका छन्। अस्पताल स्थापनाको सुरुवातको समयमा मानिसहरु प्राकृतिक उपचारको प्रभावकारीतामा खासै विश्वास गर्ने गरेका थिएन। अहिले भने अस्पतालमा उपचारका लागि पुगेका बिरामीहरुलाई अस्पतालले नै रेफर गर्ने गरेका छन्।
कतिपय ढाड,गर्धन,घुँडा दुखेका ,हड्डी खिइएका, नशा च्यापिएको तथा प्यारालासिस्को समस्या भएका बिरामीहरु एलोपेथिक उपचारमा जानु अगाडि स्पार्क अस्पतालमा उपचारका लागि आउने गरेका छन्। फिजियोथेरापी उपचार विधी अन्य प्रकारको थेरापीको तुलनामा सस्तो उपचार विधी भएपनि लामो समयसम्म उपचार गराउँदा भने यो उपचार विधी केही महँगो पर्न जान्छ।
हाल सबै प्रकारका गरी ७० जनशक्तिले स्पार्क अस्पतालमा सेवा प्रदान गरिरहेका छन्। अस्पतालले हाल प्रदान गर्दै आइरहेको उपचारमा ९० प्रतिशत सम्म उपचार सफलता प्राप्त भएको छ। पछिल्लो समय एलोपेथिक उपचार विधीमा भन्दा प्राकृतिक चिकित्सा विधीमा बिरामीको आकर्षण बन्दै गएको प्रबन्ध निर्देशक रिजालको दाबी छ।