काठमाडौं- निर्वाचन आयोगले वैशाख १५ मा दुई ठाउँको उपनिर्वाचन गर्ने भएको छ। आयोगको फागुन १३ गते बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा इलाम २ (प्रतिनिधि सभा) र बजाङ १ को क (प्रदेश सभा)को निर्वाचन तोकेको हो।
इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघातबाट निधन भएको थियो।
यसैगरी बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहको दुर्घटना परी मृत्यु भएको थियो।
प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ।
![No description available.](https://scontent.fktm10-1.fna.fbcdn.net/v/t1.15752-9/426650262_1129026188445419_4498856220380299731_n.jpg?_nc_cat=101&ccb=1-7&_nc_sid=8cd0a2&_nc_ohc=BbDGLBE-uwUAX9k60Zg&_nc_ht=scontent.fktm10-1.fna&oh=03_AdRgGnNLXmvPHPoelTp96BeiL0Y1nEkS-MHdIjVRkPB82g&oe=66028301)