काठमाडौं- नेपाल अप्थाल्मीक सोसाइटीका अध्यक्ष डा मिनु चौधरी सम्मानित भएकी छिन्।
आँखा उपचारमा अमुल्य योगदान दिएको भन्दै एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजीको आयोजनामा इन्डोनेशियाको बालीमा एक कार्यक्रमका अचिभ्मेन्ट अवार्डद्वारा डा चौधरीलाई सम्मान गरिएको हो।
त्यस्तै आँखा उपचारमा दिएको महत्वपूर्ण योगदानको कदर गर्दै डा अनु मानन्धरलाई समेत उक्त कार्यक्रममा सम्मान गरिएको थियो। डा मानन्धरलाई एपीएओ डिस्टुईङ्गीस्ड सर्भिस अवार्डबाट सम्मान गरिएको हो।
नेपाल अप्थाल्मीक सोसाइटीका कोषाध्यक्ष डा तेज्सु सिंह मल्लका अनुसार गत फेब्रअरी २२ देखि २५ सम्म इन्डोनेसियाको बालीमा भएको उक्त सम्मेलनमा ८४ मुलुकका आँखा स्वास्थ्यका क्षेत्रमा कार्यरत व्यक्तिहरुको सहभागिता थियो।
![No description available.](https://scontent.fktm10-1.fna.fbcdn.net/v/t1.15752-9/423766207_802889271680215_1772041329347495173_n.jpg?_nc_cat=102&ccb=1-7&_nc_sid=8cd0a2&_nc_ohc=8ZcMOjU4TikAX9KQjfu&_nc_ht=scontent.fktm10-1.fna&oh=03_AdTo6N627V4M3NHgYHll4UIk-qO6cxJh_LbBQ_NTynNV5w&oe=6606648F)