काठमाडौं- विशेष अदालतले सफाइ दिएपछि बीपी प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले काम सम्हालेका छन्। प्रतिष्ठानका शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक, डीनहरु, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु, शिक्षक, कर्मचारीहरु लगायतको उपस्थितिमा डा गिरीले पद सम्हालेका हुन्।
यसअघि कामु उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका प्राडा प्रह्लाद कार्कीजले विज्ञप्तिमार्फत आफू विगत ८ महिनादेखि कामु उपकुलपतिको रुपमा सेवारत रहँदा सहयोग गर्ने र सद्भाव राख्ने प्रतिष्ठान परिवारका सदस्यहरु, नागरिक समाज राजनैतिक दल, पत्रकार, नेपाल सरकारका विभिन्न निकायहरु र अन्य सरोकारवालाहरुलाई धन्यवाद दिएका छन्।