पोखरा- मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोग तथा बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको आयोजनामो बिहीबार पोखरा महानगरपालीका वार्ड न. ३३ उपल्लोपुणिमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा मणिपाल शिक्षण अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूद्वारा स्तन तथा पाठेघर क्यान्सर तथा जनरल मेडिसिन सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।
आवश्यक बिरामीलाई निःशुल्क रूपमा औषधि समेत प्रदान गरिएको थियो। बिहान ११ बजेबाट संचालन भएको उक्त शिविरमा लगभग २५० बिरामीले स्वास्थ्य लाभ लिएका थिए।