काठमाडौं- नेपाल पब्लिक हेल्थ स्टुडेन्टस् सोसाइटीको अध्यक्षमा मेरी झा निर्वाचित भएकी छिन्। शुक्रबार भएको निर्वाचनमा झाले १०४ मत ल्याउँदै जित हासिल गरेको हुन्। अध्यक्षकी अर्की प्रत्यासी सन्ध्या निरौलाले ९७ मत ल्याएकी छिन्।
निर्वाचनमा २०४ मत खसेको थियो। सोसाइटीमा २१४ जना मतदाता संख्या छ। खसेको कुल मतमा ३ वटा मत बदर भएको थियो।
यसैगरी, उपाध्यक्षमा अरुण पन्तले १०५ मत ल्याउँदै जित हासिल गरेका छन्। उपाध्यक्षकी अर्की प्रतिस्पर्धी पवित्रा विकले भने ९६ मत ल्याएकी छिन्।
महासिचवमा अविनाश पौडेलले १०३ मत ल्याएर जित हासिल गरेका छन् भने महासचिवकी प्रतिस्पर्धी स्नेहा भट्टले १०० मत ल्याएकी छिन्।
यसैगरी, सचिवमा अन्जली कुमारी यादव १०३ मत ल्याउँदै विजयी भएकी छिन् भने निकिता साहको ९६ मत आएको छ।
कोषाध्यक्षमा १०२ मत ल्याउँदै दिप्ति लामिछाने विजयी भएकी छिन्। प्रतिक भट्टराईले ९८ मत ल्याएका थिए।