ललितपुर- कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकमा ईनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) स्टाफ नर्स र फर्मासिस्टका लागि रोजगारीको अवसर खुलेको छ।
क्लिनिकमा नि:सन्तान दम्पतिको उपचारका लागि आईभीएफ सेवा सञ्चालनमा छ। क्लिनिकले उक्त सेवालाई थप विस्तार गर्न जनशक्ति थप गर्न लागेको हो।
क्लिनिकले सार्वजनिक गरेको सूचना अनुसार पीसीएल उत्तीर्ण गरेर लाइसेन्स लिएको र एक वर्षको अनुभव भएको नर्सले आवेदन दिन सक्नेछन्। यसका साथै फर्मासिस्टको हकमा पनि सम्बन्धित काउन्सिलबाट लाइसेन्स उत्तीर्ण भएको हुनुपर्नेछ।