काठमाडौं- विभिन्न संस्थाका प्रतिनिधिहरुले नेपाल स्वास्थ्य व्यवसायी परिषद्लाई समय सापेक्ष रुपमा अगाडि बढाउन माग गर्द ध्यानाकर्षणपत्र बुझाएका छन्।
देशको राजनैतिक र सामाजिक परिवर्तनँगै स्वास्थ्य विज्ञानमा भएका परिवर्तन तथा स्वास्थ्य मन्त्रलायबाट बनेका नीति, नियम र निर्देशिकामा धेरै परिवर्तन भइसके पनि तर २०५३ सालमा बनेको नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५६ सालमा बनेको नियमावली परिमार्जित हुन नसकेको भन्दै परिमार्जन मर्न माग गरिएको हो।
नयाँ बिकसित परिवेशसँगै नेपाल स्वास्थ्य व्यवसायी परिषद्का ऐन, नियम र कोड अफ इथिक्स समय सापेक्ष परिमार्जित हुन नसक्दा दर्तावाल सदस्यहरुले अनेक समस्या झेल्नु परेको उनीहरुको भनाइ छ।
यस्ता छन् माग
१. नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन २०५३ र नियमावली २०५६ तत्काल समय सापेक्ष परिवर्तन गरउनु पर्ने,
२. विभिन्न विषयका कोड अफ इथिक्स समय सापेक्ष परिवर्तन गर्नुपर्ने,
३. नाम दर्ता परीक्षामा अनुतिर्ण दर अधिक भएकोले सरोकारवाला निकायको आवश्यक समन्वयमा कारण पहिचाहन गरि समाधान गर्नुपर्ने,
४. परिषद्का सदस्यको निर्वाचन हुन नसकेको २३ वर्ष भन्दा बढी भएकोले तत्काल निर्वाचन गर्नुपर्ने
५. विषयगत समितिमा सम्बन्धित विषय भन्दा सोहि विषयको कम्तिमा एक तह माथिको विषयमा अध्ययन गरेका दर्तावाल व्यवसायीको संयोजकत्वमा समिति बनाउनुपर्ने र समिति सदस्यमा समेत कम्तिमा सम्बन्धित विषय अध्ययन गरी तोकिएको तहमा दर्ता भएको हुनुपर्ने।