दाङ - दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फुटेको पित्तथैलीको जटिल अप्रेसन सफलतापुर्वक सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नम्वर ४ लक्ष्मिपुर निवासी ५१ वर्षिय महीलाको फुटेको पित्तथैलीको दुरबिन विधिबाट सफल अप्रेसन भएको हो।
५ दिनदेखि पित्तथैलीमा संङक्रमण भएर अस्पतालमा उपचारारत बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताए।
प्रतिष्ठानका सर्जन डा अभिषेक पौडेल नेतृत्वमा सर्जन डा आनन्द न्यौपानेसहित एनेस्थेसियोलोजिष्ट डा प्रज्वल भट्टराईसहितको चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको टोलीले फुटेको पित्तथैलिको अप्रेसन गरेको उनले बताए।
उपचारको क्रममा पित्तथैली फुटेको पत्ता लागेपछि अप्रेसन गरेर जोगिएको अप्रेसनमा संलग्न सर्जन चिकित्सक डा अभिषेक पौडेलले बताए। उनले पित्तथैली फुटेकै कारण बिरामीको ज्यान जान सक्ने अवस्था भएकाले समयमै अप्रेसनपछि बिरामीको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको बताए।