काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।
यी तीनै जना मन्त्रीले सोमबार शपथ पनि लिइसकेका छन्। तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
नवनियुक्त तीनै जनाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन्। नयाँ मन्त्रीहरुले सपथ लिएसँगै यसअघिका मन्त्रीहरु सबै हटेका छन्।
मन्त्रीहरुको कार्यभार नतोकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहाल अन्तर्गत नै राखिएको छ।
प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा एमालेसहित रास्वपा लगायतका दालहरुसँग नयाँ गठबन्धन गरेका हुन्। नयाँ गठबन्धन गरेका दलहरुबीच भागबन्डा मिलेपछि मन्त्रालयमा कुन दलबाट को मन्त्री हुने भन्ने टुंगो लाग्ने बताइएको छ।