दाङ- स्वास्थ्यमन्त्री मोहन बस्नेतले जाँदाजाँदै राप्ती प्रतिष्ठानमा रजिष्ट्रार नियुक्त गरेका छन्। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा श्याम लम्साल नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति डा विकास लामीछानेको सिफारिसमा स्वास्थ्यमन्त्रीले लम्साललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन्।
तत्कालिन स्वास्थ्यमन्त्री मोहन बस्नेतले लम्साललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन्। उनले नियुक्ति बुझेर मंगलबारदेखि नै रजिष्ट्रारको कार्यभार सम्हालेका छन्।
लम्साल कर्णालि स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भएर काम गरिसकेका छन भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नर्सिङ प्रोफेसरको रुपमा स्थायीरुपमा कार्यरत छन्।