काठमाडौं- सुशील काेइराला प्रखर क्यान्सर अस्पताल खजुराकाे कार्यकारी प्रमुखमा डा प्रकाश प्रसाद शाह नियुक्त भएका छन्। उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जाँदाजाँदै नियुक्त गरेका हुन्।
उनलाई बस्नेतले आइतबार (२० गते) नियुक्त गरेको पत्रमा उल्लेख छ। तर, पत्र अर्को दिन सोमबार (२१ गते)को मितिमा दिइएको छ। सोमबार बिहान नै मन्त्रीमा बस्नेत नरहने तय भइसकेको थियो। स्वास्थ्य सेवा विभाग टेकुमा रहेका डा शाहलाई कार्यकालको अन्तिममा आर्थिक तथा प्रशासनिक अधिकारसहित जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।