काठमाडौं– राष्ट्रपति कार्यालय शीतलनिवासले नयाँ मन्त्रीहरुलाई पाँच बजे शपथको कार्यक्रम राखेको छ। नयाँ गठबन्धन निर्माण भएसँगै नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले मन्त्री पठाउने तय भएको छ।
सत्ता गठबन्धनको भागबन्डामा एमाले ८, माओवादी ५, रास्वपा ४ र एकीकृत समाजवादी २ मन्त्री पाएका छन्। उक्त दलहरुले मन्त्रीको नाम पनि सिफारिस गरेको छ। उक्त सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने छन्।
हाल तीन जना मन्त्रीहरुले शपथ लिइसकेका छन्। उनीहरु जिम्मेवारीविहीन रुपमा बिना विभागिय मन्त्रीको रुपमा शपथ लिएका छन्। माओवादी केन्द्र र नेकपा एमालेले पुरानै मानिसलाई निरन्तरता दिएका छन्।