काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्व गर्ने भएका छन्। बिहीबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यकारिणी उक्त निर्णय गरेको हो।
उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा मन्त्री बन्ने तय भएको जसपाका प्रमुख सचेतक प्रदीप यादवले बताएका छन्। यसैगरी राज्यमन्त्रीमा सुशीला श्रेष्ठलाई पठाइने भएको छ।
अर्को एक मन्त्रीको भने अझै टुंगो लागेको छैन। प्रदीप यादव र नवलकिशोर साह सुडी दुवै आकांक्षी छन्। टुंग्याउने जिम्मा अध्यक्ष यादवले पाएका छन्।