काठमाठौं- वीर अस्पतालको न्यूरो सर्जरी विभागले परम्परागत उपचार विधि प्रभावकारी नभएको भन्दै डिप ब्रेन स्टुम्युलेसन उपचार विधिद्वारा बिरामीको उपचार गर्ने भएको छ।
अस्पतालले पार्किन्सन, छारेरोग डिप्रेसन शारीरिक कम्पन,डिस्टोनिया,ओसिडी जस्ता रोगहरुमा उक्त उपचार विधि प्रयोगमा आउन लागेको हो।
परम्परागत रुपमा प्रयोग हुँदै उपचार विधिहरुको प्रभावकारिता न्यून भएको भन्दै अस्पताल यस प्रकारको उपचार विधी प्रयोगमा ल्याउन लागेको हो।
उक्त प्रक्रियाका लागि अस्पतालले आगामी चैत्र १८ गतेसम्म बिरामीहरुको छनोट गरिसक्ने जनाएको छ। त्यसैले परम्परागत उपचार विधिद्वारा निको नभएका तथा सम्बन्धित रोग लागेका बिरामीहरुले अस्पतालको न्यूरो सर्जरी विभागमा सम्पर्क गर्नका लागि एक विज्ञप्ती जारी गरी अनुरोध गरिएको छ।