काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्व गर्ने भएका छन्। यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री बन्ने तय भएको छ। बिहीबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यकारिणी उक्त निर्णय गरेको हो।
तर उनको सपथ कहिले हुने भन्ने टुगो लागेको छैन। राष्ट्रपति कार्यालयका अनुसार उनको सपथको बारेमा कुनै जानकारी आएको छैन।
उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा मन्त्री बन्ने तय भएको जसपाका प्रमुख सचेतक प्रदीप यादवले बताएका छन्। राज्यमन्त्रीमा सुशीला कार्की र दिपक कार्कीको नाम चर्चामा छ। तर, नाम भने टुंगिएको छैन। नाम तोक्न बैठक बसिरहेको छ।
अर्को एक मन्त्रीको भने अझै टुंगो लागेको छैन। प्रदीप यादव र नवलकिशोर साह सुडी दुवै आकांक्षी छन्। टुंग्याउने जिम्मा अध्यक्ष यादवले पाएका छन्।