काठमाडौं- नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए)को आयोजनामा तीन 'नेपडेन्ट डेन्टल ट्रेड शो २०२४' को तयारी अन्तिम चरणमा पुगेको छ। एनडिडिएले प्रेस मिट मार्फात आगामी चैत २, ३ र ४ गते एनडिडिएले दन्त सामग्री सम्बन्धी व्यापार मेला 'नेपडेन्ट डेन्टल ट्रेड शो २०२४' को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।
पत्रकारहरुसँग कुरा गर्दै एनडिडिएका अध्यक्ष शालिराम अर्यालले करिब १०० भन्दा बढी स्टल रहने उक्त मेलामा दन्त चिकित्सा क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई दन्त सामग्रीबारे जानकारी समेत दिइने जानकारी दिए। उनले यो व्यापार मेला बी टु बी तथा बी टु सी दुबै भएको भन्दै, यसबाट प्रदर्शनीबाट सिक्ने र सामग्री किन्न चाहनेहरुका लागि विशेष छुटमा किन्न सक्ने भएकाले सबैले फाइदा लिनसक्ने बताए।
त्यसैगरी अध्यक्ष अर्यालले संस्थागत रुपमा काम गरौ भन्ने तथा अस्वस्थ प्रतिस्पर्धा कम गर्ने पनि यस मेलाको उदेश्य रहेको जानकारी गराए।
कार्यक्रममा दन्त चिकित्सक तथा बिद्यार्थीकालागि विशेष प्रकारको तालिम तथा सिकाइईको समेत अवसर रहने संघका सचिव निरन्जन खतिवडाले बताए।
उनले ५ हजार भन्दा बढी अवकलोनकर्ताहरुले अवलोकन गर्ने अनुमान गरिएको मेलामा एक हजार भन्दा बढी ब्राण्डहरु मेलामा हुने जानकारी दिए। एनडिडिएले नेपालमा दोस्रोपटक यस्तो मेला गर्न लागेको बातउदै मेला भुकुटीमण्डपमा हुन लागेको सुवेदीले जानकारी दिए।
मेलामा वितरक तथा आयातकर्ताहरुलाई विभिन्न अफर तथा छुट समेत रहने नेप्डेन्ट ट्रेड शो २०२४ का सहसंयोजक शेखर सुवेदीले जानकारी दिए।