काठमाडौं- नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको तेस्रो साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। संघका अध्यक्ष वद्री प्रसाद श्रेष्ठको सभापतित्वमा भएको साधारण सभा काठमाण्डौ महानगरपालिकाका उप प्रमुख सुनिता डंगोलले पानसमा दीप प्रज्वलन गरी सुरु गरेकी थिइन्।
साथै औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल, नेपाल फार्मेसी परिषदका अध्यक्ष प्रज्ज्वल जंग पाण्डे, एपोनका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवाल, बागमती प्रदेशका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ लगाएकतको सअभागिता रहेकव थियो। साथै शाखाको संयोजनमा रक्तदान पनि गरिएको थियो। साधारणसभाबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ।
नयाँ कार्य समितिको अध्यक्षमा शंकर महर्जन, निवर्तमान अध्यक्ष बद्री प्रसाद श्रेष्ठ , वरिष्ठ उपाध्यक्ष रत्न बहादुर कार्की, उपाध्यक्ष (आयात/थोक) सञ्जय श्रेष्ठ, उपाध्यक्ष (खुद्रा) प्रकाश न्यौपाने, महासचिव शुभ मान श्रेष्ठ, कोषाध्यक् अमृत ज्ञवाली, सचिव सञ्जीव प्रजापती, उपकोषाध्यक्ष विज्ञ राजभण्डारी चयन भएका छन्।
सदस्यहरुमा विनेश रिमाल, सविन सिग्देल, विष्णु प्रसाद वस्ती , रेणु योञ्जन, ठाकुर तिमिल्सिना चयन भएका छन्।