काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष समेत रहेका यादवलाई स्वास्थ्मन्त्री नियुक्त गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ खुवाएका थिए।
त्यस लगत्तै उनले मन्त्रालय पुगेर पद सम्हालेका हुन्।