काठमाडौं- कान्ति बाल अस्पतालमा बाल हाडजोर्नी सेवा सुरु भएको छ। फागुन २३ गतेदेखि सेवा सुरु भएको हो। अस्पतालमा बाल हाडजोर्नी विशेषज्ञ डा रुपेश वडले उक्त अस्पतालबाट सेवा दिन थालेलगत्तै बाल हाडजोर्नी विशेषज्ञ सेवा थालेका हुन्।
यसअघि उक्त अस्पतालबाट बाल हाडजोर्नी सेवा दिन थालिएको थिएन। अहिलेका लागि हप्ताको दुई दिन आइतबार र बुधबार ओपिडी सेवा दिने तालिका तय गरिएको छ।
डा वडका अनुसार बच्चाको हाडजोर्नीसँग सम्बन्धित सवै सेवा विशेषज्ञ दिने तयारीका साथ आरम्भ गरिएको हो। अहिले हाडजोर्नीसँग सम्बन्धित विभिन्न उपचार, बालबालिकाको हाडजोर्नी चोटपटक, भाँचिएको, हड्डी खुस्किएको, जन्मजात लुलो भएको, हातखुट्टा जन्मजात बांगो भएको, सेरेवल पाल्सी आदिको उपचार हुने उनले बताए।
चिकित्सा शास्त्र अध्ययन संस्थान(न्याम्स)बाट अर्थोपेडिक सर्जरीमा एमएस गरेका डा वडले बाइ जेरबाइ वाइडा बाल अस्पताल मुम्बइबाट बाल हाडजोर्नीमा एक वर्षे फेलोसिप गरेका छन्।