काठमाडौं- काठमाडौं क्यान्सर सेन्टर र कुमारी बैंकबीच बैंकका सबै कर्मचारीहरु र परिवारका सदस्यहरू (आमाबाबु, पति/पत्नी, छोराछोरी), खातावालाहरू, डेबिट/क्रेडिट कार्डहोल्डरहरू र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई सदस्यता छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा काठमाडौं क्यान्सर सेन्टरको अध्यक्ष डा सिमित सापकोटा र कुमारी बैंकको तर्फबाट शाखा प्रबन्धक श्रीमती कृष्ण कुमारी केसिले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता अनुसार बैंकका कर्मचारी तथा सेवाग्राहीलाई विशेष सहुलियत प्राप्त हुनेछ भने यस बाहेक बैंकको स्वास्थ्य सचेतना कार्यक्रममा अस्पतालले सहकार्य गर्नेछ।
नेपालीहरुलाई क्यान्सर रोगको उपचारका लागि विदेश जानुनपर्ने भावनालाई अभियानको रुपमा अघि सारेको काठमाडौँ क्यान्सर अस्पतालले नेपालमा क्यान्सर रोगको सचेतना, निदान र उपचारको क्षेत्रमा सम्पूर्ण विकासका लागि आर्थिक, सामाजिक लगायतका संस्थाहरुसंगै सहकार्य गर्दै जाने योजना बनाएको डा सिमित सापकोटाले बताए।