काठमाडौं- सुडी समाजको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ। शिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा निःकुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो।
विगत २ दशकदेखि सामाजिक कार्य गर्दै आएको सुडी समाजले यस वर्ष पनि सामाजिक कार्य अन्तरगत स्वास्थ्य शिविर संचालन गरिएको अध्यक्ष प्राडा रामनन्दन प्रसाद चौधरीले जानकारी दिए।
स्वास्थ्य शिविर संयोजक डा सरोज कुमार साहका अनुसार पशुपतिमा आएका भक्तजनहरुलाई निशुल्क जाँच तथा औषधि वितरण गरेका गरिएको थियो।
शिविरमा संयोजक डा सरोज साह, डा मुकेश साह, प्राडा आरपी चौधरी, डा रोशन कपडि, डा सन्जु साह, हेल्थ असिस्टेन्ट धिरज सिंह, नर्स अनु साह लगायतका स्वास्थ्यकर्मीले सेवा दिएका थिए।
साथै समाजले भक्तजनलाई निःशुल्क भोजनसमेत वितरण गरेको थियो। यसमा सहयोग गर्ने सम्पूर्णमा सुडी समाजले धन्यवाद दिएको छ।