पोखरा- स्वास्थ्य निर्देशनालय पोखराको आयोजना, स्वास्थ्य कार्यालय बागलुङको समन्वयमा अभिमुखिकरण सम्पन्न भएको छ।
नेपाल प्रहरी तथा शसस्त्र प्रहरीहरुका लागि एचआईभी एड्समा हुने भेदभाव, हेला हिंसा तथा अवहेलना न्युनिकरण गर्ने बारेमा दूई दिने अभिमुखिकरण सम्पन्न भएको हो।
उक्त कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक ऋषिराम कँडेल, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक बाबुराम आचार्य,निर्देशनालयका डा वेदना पोख्रेल,कमल रानाभाट स्वास्थ्य कार्यालयका देव प्रकाश घिमिरे तथा सेभ द चिल्ड्रेनका हेमराज पौडेलले गरेका थिए।
कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले गरेका थिए भने कार्यक्रमको सन्चालन घनश्याम सापकोटाले गरेका थिए।