काठमाडौं- नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए)को आयोजनामा तीनदिने 'नेपडेन्ट डेन्टल ट्रेड शो २०२४' आजबाट सुरु हुने भएको छ। डेन्टेल ट्रेड सो आज शुक्रबार, भोलि शनिबार र पर्सी आइतबारसम्म चल्ने छ।
एनडिडिएका अध्यक्ष शालिराम अर्यालले डेन्टल ट्रेड शोमा १०० भन्दा बढी स्टल रहने छन्। मेलामा दन्त चिकित्सा क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई दन्त सामग्रीबारे जानकारी समेत दिइने उनले जानकारी दिए। उनले यो व्यापार मेला बी टु बी तथा बी टु सी दुबै भएको भन्दै यसबाट प्रदर्शनीबाट सिक्ने र सामग्री किन्न चाहनेहरुका लागि विशेष छुटमा किन्न सक्ने भएकाले सबैले फाइदा लिनसक्ने बताए।
त्यसैगरी अध्यक्ष अर्यालले संस्थागत रुपमा काम गरौं भन्ने तथा अस्वस्थ प्रतिस्पर्धा कम गर्ने पनि यस मेलाको उद्देश्य रहेको जानकारी गराए।
दन्त चिकित्सक तथा विद्यार्थीकालागि विशेष प्रकारको तालिम तथा सिकाइईको समेत अवसर रहने संघका सचिव निरन्जन खतिवडाले बताए।
उनले ५ हजार भन्दा बढी अवकलोनकर्ताहरुले अवलोकन गर्ने अनुमान गरिएको मेलामा एक हजार भन्दा बढी ब्राण्डहरु मेलामा हुने जानकारी दिए। एनडिडिएले नेपालमा दोस्रोपटक यस्तो मेला गर्न लागेको बातउदै मेला भुकुटीमण्डपमा हुन लागेको सुवेदीले जानकारी दिए।
मेलामा वितरक तथा आयातकर्ताहरुलाई विभिन्न अफर तथा छुट समेत रहने नेप्डेन्ट ट्रेड शो २०२४ का सहसंयोजक शेखर सुवेदीले जानकारी दिए।