काठमाडौ- नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले न्युट्रास्युटीकल्सहरुको भण्डारण तथा विक्री वितरण नगर्न व्यवसायीहरुदाई आग्रह गरेको छ।
महासचिव शुभमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्। यस्ता प्रोडक्टहरू बिक्री वितरण के कसरी व्यवस्थित गर्न सकिन्छ भनेर नियामक निकायसँग निरन्तर वार्ताभइरहेको भन्दै श्रेष्ठले निष्कर्ष नकिस्कने बेलासम्म संघको उद्देश्य अनुरूप औषधि ऐन २०३५ को अधीनमा रही यस्ता औषधिपुरक न्युट्रास्युटीकल्सहरुको भण्डारण तथा विक्री वितरण नगर्न आग्रह गरेका छन्।