सुर्खेत- कर्णाली प्रदेशमा निजी अस्पतालहरुको छाता संगठन (अफिन)को तदर्थ समिति गठन भएको छ।
कर्णालीमा निजी अस्पतालहरुको छाता संगठन पहिलोपटक तदर्थ समिति गठन भएको हो।
प्रदेश उपाध्यक्ष तथा गुरुङ नर्सिङ हस्पिटल प्रालिका संचालक समेत रहेका भिम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले समिति गठन गरेको हो।
कर्णाली केयर हस्पिटलका संचालक तथा निर्देशक दिपक गौतम अध्यक्ष, कर्णाली ट्रमा केयरका संचालक आोम प्रकाश काफ्ले उपाध्यक्ष, सुर्खेत हस्पिटल प्रा. लि का अस्पताल व्यवस्थापक भक्तबहादुर शाही सचिव, गुरुङ हस्पिटल प्रा. लि का संचालक निरक गुरुङ कोषाध्यक्ष, माया नर्सिङ होमका विशेश्वर खडका सदस्य, राना हस्पिटलका बिजय घले सदस्य, जिपि मेमोरियल नर्सिङ होमका उत्तम कुमार शाही सदस्य रहेको कार्यसमिति गठन भएको छ।