पोखरा- कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसीलाई सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ। मुख्यवमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीमण्डले हेरफेरका क्रममा उनलाई उक्त मन्त्रालयको समेत जिम्मेवारी दिएका हुन्।
सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बाहिरिएपछि अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले दिपक गुरुङ मनाङेलाई मन्त्री बनाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । मनाङे भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका हुन्।
यसअघि उक्त मन्त्रालयमा माओवादी केन्द्रकी शुशीला सिम्खडा मन्त्री थिइन्।