काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ। उक्त मुद्दामा १२ गते फैसला हुने मिति तोकिएको छ।
प्रसाईंको बीएण्डसी मेडिकल कलेजले अनुमति नपाएपछि आयोगविरुद्ध मुद्दा दायर गरिएको थियो।
झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २१ असार, २०७७ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गरेका थिए।