काठमाडौं- अनमी कञ्चनमाला श्रेष्ठलाई निक साइमन्स अवार्ड प्रदान गरिएको छ। नुवाकोटको राउतवेसी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी श्रेष्ठले गरेको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको हो।
काठमाडौंमा बुधबार आयोजित १२औं ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनमा उक्त अवार्ड प्रदान गरिएको हो।
यसैगरी अन्य चार जनालाई सम्मान पनि गरिएको छ। सम्मानित हुनेहरुमा पाँचथरका स्वास्थ्यकर्मी बाघ बहादुर राेकाया, दैलेखकी डम्मर कुमारी शाही, बागुलङका कसिन्द्र शाही र रुपन्देहीका प्रदिप कुमार पण्डित रहेका छन्।