काठमाडौं- दन्त चिकित्सा विद्यार्थी समाज नेपाल र विश्व स्वास्थ्य संगठनको आयोजनामा विभिन्न कार्यक्रम गरी विश्व मुख स्वास्थ्य दिवस मनाइएको छ।
'वाक द टक' कार्यक्रम गरी दिवस मनाइएको हो। उक्त कार्यक्रममा विश्व स्वास्थ्य संगठन, नेपाल एनसिडी टिमबाट राइस पोख्रेल।
नेपाल डेन्टल एसोसिएसनका उपाध्यक्ष्य, रोशन चौधरी र महासचिव, विश्व प्रकाश ठाकुर , डा निल पाण्डे, डा निकिता अग्रवाल तथा काठमाडौँ उपत्यकाका विभिन्न मेडिकल कलेजका विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमका सहभागीहरुद्वारा मुख स्वास्थ्यको महत्वबारे नारा लगाउदै काठमाडौँ दरबार परिसरबाट भृकुटीमण्डपसम्म र्यालीको आयोजना गरिएको थियो। भृकुटीमण्डपमा विभिन्न क्रियाकलाप गरि तथा मुख स्वास्थ्य सम्बन्धी “वाक द टक” कार्यक्रम सम्पन्न गरिएको छ भने दन्तचिकित्सा विद्यार्थी समाज नेपालका स्वयंसेवकद्वारा वसन्तपुर परिसरमा जानकारीमुलक बुथ राखी जनचेतना फैलाएका छन्।